अदालतले दोषी ठहर्याएका १०४ जना फरार
काठमाडाैं | माघ २६, २०७९
दिपायल: जिल्ला अदालत डोटीले दोषी ठहर गरेका १०४ जना फरार सूचीमा रहेका छन् । अदालतले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेको छ । यद्यपि प्रहरीले फरार दोषीलाई अझै पक्राउ गर्न सकेको छैन ।
निमित्त तहसिलदार लबबहादुर थापाका अनुसार अदालतले ३२ वर्षअघि फैसला सुनाएका व्यक्तिहरूसमेत फरार सूचीमा रहेका छन् । उहाँले भन्नुभयो, “हामीले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेका छौँ । उनीहरू जुनसुकै बेला पनि समातिन सक्छन् ।”
तहसिलदार थापाका अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहारिएका १३, सवारी ज्यान नौ, जबरजस्ती करणीमा १३, चोरी ११, बहुविवाहको मुद्दामा दोषी ठहारिएका नौ जना फरार सूचीमा छन् ।
ज्यान मार्ने उद्योगका तीन, बैङ्किङ कसुरका चार, सरकारी लिखत कृत्य गरेको मुद्दाका आठ, जातीय छुवाछूतका तीन, बालविवाहका चार, भ्रष्टाचार मुद्दाका दुई, वन पैदावार तथा काठको मुद्दाका छ र अप्राकृतिक मैथुन मुद्दाका चार जना दोषी फरार रहेका छन् ।
त्यस्तै हाडनाता करणी, लागूऔषध, जबरजस्ती करणीसँगै रहजनी चोरी, अमानवीय व्यवहार, अवैध हातहतियार, पशुपन्छीसम्बन्धी कसुर, जबरजस्ती करणी उद्योग, नेपाली नागरिकता कृत्य, वैदेशिक रोजगार कसुर, गर्भपतन र मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गरेका एक/एक जना पनि फरार सूचीमा रहेका छन् ।
प्रहरीले छुट्टै टोली बनाएर फरार सूचीमा रहेका व्यक्तिको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भोला भट्टले बताउनुभयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

